Harsamaya

इलाम - आगामी बिहीबारदेखि सुरु हुने एसइईमा सहभागी हुने विद्यार्थीलाई विद्यालय पोसाक अनिवार्य गरिएको छ । जिल्लास्थित शिक्षा विकास तथा समन्वय एकाइले जिल्लाका सबै माध्यमिक विद्यालयलाई पत्राचार गर्दै विद्यार्थीलाई विद्यालय पोसाक अनिवार्य भएको सूचना गरेको हो ।

एकाइ प्रमुख शालिग्राम दाहालले पठाएको पत्रमा परीक्षा आचारसंहिता पालना गराउँदै कपि किताब, गेसपेपर, मोबाइल फोन, ट्याब, चिप्स, स्माट घडी तथा अन्य इलेक्ट्रोनिक सामग्रीसमेत परीक्षामा नलैजान सूचित गर्न अनुरोध गरेका छन् । 

इलाममा एसइईका लागि २६ परीक्षा केन्द्र निर्धारण गरिएको छ । यस वर्ष नियमिततर्फ तीन हजार ३८० र ग्रेडवृद्धितर्फ ८२ ९ परिक्षार्थी रहेको जनाइएको छ । प्राविधिकधार र पुरानो पाठ्यक्रम (०७८-०७९) ग्रेडवृद्धि लेख्ने सबै परीक्षार्थीका लागि भगवती मावि गोलाखर्क र २०८० को नयाँ पाठ्यक्रमको ग्रेडवृद्धि लेख्ने परीक्षार्थीका लागि नियमित परीक्षा केन्द्र निर्धारण गरिएको समेत शिक्षा विकास तथा समन्वय एकाइ इलामले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०८:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update