Harsamaya
स्ववियु निर्वाचनमा मानव अधिकार आयोगको निगरानी, अनुगमन टोली परिचालन
राष्ट्रिय मानव अधिकार आयोग।तस्वीर: हर समय/Har Samaya

काठमाडौं - स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) निर्वाचनको पारदर्शिता र शान्तिपूर्ण प्रक्रिया सुनिश्चित गर्न राष्ट्रिय मानव अधिकार आयोगले विशेष अनुगमन गर्ने भएको छ। आयोगले केन्द्रीय कार्यालय, प्रदेश तथा शाखा कार्यालयहरूबाट अनुगमन टोली गठन गरी निर्वाचनको स्थिति मूल्याङ्कन गर्ने तयारी गरेको छ।

आयोगका प्रवक्ता डा. टीकाराम पोखरेलका अनुसार निर्वाचन प्रक्रियामा कुनै पनि मानव अधिकार उल्लङ्घन नहोस् भन्ने उद्देश्यले आयोगले विगतका निर्वाचनहरूमा जस्तै स्ववियु निर्वाचनमा पनि निगरानी राख्नेछ।

त्रिभुवन विश्वविद्यालयअन्तर्गतका आङ्गिक तथा सम्बन्धन प्राप्त क्याम्पसहरूमा आज स्ववियु निर्वाचन हुँदैछ। आयोगको अनुगमनले निर्वाचन प्रक्रिया पारदर्शी र निष्पक्ष बनाउन मद्दत गर्ने विश्वास गरिएको छ।

प्रकाशित मिति: मंगलबार, चैत ५, २०८१  ०७:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update