Harsamaya
कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

कालीकोट - ड्रमको डुङ्गा चढेर कर्णाली नदी तर्ने क्रममा एक जना बेपत्ता भएका छन् । कालीकोटको कर्णाली करिडोर अन्तर्गत पलाता–९ मा पर्ने घाटपारी चौर नदी क्षेत्रमा डुङ्गाबाट खसेर मुगु रारा छायानाथ नगरपालिका–१० का २३ वर्षीय देवनाथ सेजुवाल सोमबार बेपत्ता भएका हुन् । 

कर्णाली करिडोरमा १० महिनादेखि ज्याला मजदुरी गर्दै आएका सेजुवाल कर्णाली नदी पारीबाट डिजेल राख्ने ड्रम जोडेर बनाइएको डुङ्गा चढेर काम गर्ने ठाउँमा आउने क्रममा नदीमा खसेको कालीकोटका निमित्त प्रहरी प्रमुख किशोर केसीले जानकारी दिए ।

स्थानीय र प्रहरीले बेपत्ताको खोजी गरिरहेको छ । कालिकोटको पलाता–९ मा पर्ने घाटपारी चौरदेखि बाजुराको लैफूसम्म ११ किमी चट्टान विस्फोटनसहित नेपाली सेनाल कर्णाली करिडोर निर्माण गरिरहेको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  २०:१०
प्रतिक्रिया दिनुहोस्
Weather Update