नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापा नियुक्त (भिडियोसहित)
काठमाडौं - सरकारले नेपाल प्रहरीको महानिरीक्षकमा दीपक थापालाई नियुक्त गरेको छ ।
प्रधानमन्त्री निवास बालुवाटारमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले थापालाई प्रहरीको ३१औं महानिरीक्षकमा नियुक्त गर्ने निर्णय गरेको सरकारका प्रवक्ता पृथ्वीसुव्वा गुरुङले जानकारी दिए ।
प्रहरी महानिरीक्षक वसन्त कुँवर अवकाशमा जान लागेपछि सरकारले थापालाई आईजिपिमा नियुक्त गरेको हो । थापासँगै एआईजी सुदीप गिरी र टेकबहादुर तामाङ प्रतिस्पर्धामा रहेपनि सरकारले पहिलो वरियतामा रहेका थापालाई नै महानिरीक्षक नियुक्त गरेको हो ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ १९:३९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय