Harsamaya
समाजवादी मोर्चाको विरोधसहितको जनसभामा हजारौं उतार्ने
समाजवादी मोर्चा ।

काठमाडौं - नेकपा एकीकृत समाजवादीले समाजवादी मोर्चाले गर्न लागेको विरोधसहितको जनसभामा हजारौंलाई उतार्ने जनाएको छ । 

पार्टी कार्यालय आलोकनगरमा सोमबार बसेको समाजवादीको स्थायी कमिटी बैठकले चैत १५ गते काठमाडौंमा समाजवादी मोर्चाले आयोजना गरेको विरोध सभालाई सफल बनाउन हजारौंलाई उतार्नेसहितको योजनाका साथ अघि बढ्ने निर्णय गरेको हो ।

राजसंस्थाका विषयमा गरिएको कुप्रचारलाई चिर्दै जनतालाई सडकमा उतार्ने प्रयास गर्ने उपाध्यक्ष जगन्नाथ खतिवडाले जानकारी दिए । उनले राजावादीको प्रदर्शनले दलहरू नडराएको भन्दै गणतन्त्रपक्षधरहरूले जनताको चेतना देखाउनका लागि प्रदर्शन गर्न लागिएको धारणा राखे । 

उपाध्यक्ष खतिवडाले पूर्वराजा ज्ञानेन्द्र शाह नारायणहिटीमा टिकट काटेर पस्न पाउने भन्दै राजतन्त्र फर्किने सम्भावना नभएको टिप्पणी गरे । 
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update