Harsamaya
एघार महिनापछि नेपाल ल्याइँदै मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव
सांकेतिक तस्वीर: हर समय/Har Samaya

नवलपरासी - मलेसियामा हत्या भएकी तिलमाया सार्कीको शव आज नेपाल ल्याइने भएको छ। करीब एघार महिनापछि मलेसियाबाट शव ल्याउन लागिएको हो। नवलपरासी (बर्दघाट सुस्तापूर्व) की कावासोती नगरपालिका–४ की २५ वर्षीय तिलमाया सार्की रोजगारीको खोजीमा मलेसिया गएकी थिइन्।

गत वैशाख २९ गते मलेसियामा उनको हत्या गरिएको थियो। शव ल्याउनको लागि मलेसियन कम्पनीले सबै खर्च व्यहोर्ने भएको छ। सोमबार दिनको साढे १२ बजे तिलमायाको शव त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल, काठमाडौँमा अवतरण गर्ने जानकारी प्राप्त भएको छ।

तिलमायाको हत्या भएको खबर पाएपछि उनका ७० वर्षीय आमा धनमाया सार्की लगातार शव ल्याउनका लागि विभिन्न निकायमा धाएकी थिईन् ।

सम्पूर्ण कागजी प्रक्रिया पूरा भएपछि अब सोमबार साँझसम्म तिलमायाको शव कावासोती–४ हसौरामा आइपुग्नेछ। वैदेशिक रोजगार बोर्डको सहयोगमा शव निःशुल्क शववाहनमार्फत काठमाडौँबाट घरसम्म पुर्याइनेछ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०८:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update