Harsamaya
घाँस काट्ने क्रममा रुखबाट खसेका वृद्धको निधन
सांकेतिक तस्वीर: हर समय/Har Samaya

म्याग्दी - म्याग्दीको धवलागिरि गाउँपालिका–७, ताकममा घाँस काट्ने क्रममा एक वृद्धको रुखबाट खसेर ज्यान गएको छ। ६० वर्षीय थमन खत्री आइतबार साँझ घर नजिकैको जंगलमा घाँस काट्न गएका थिए।

घरबाट करिब एक किलोमिटर टाढा रहेको जङ्गलमा खनियालाई रुखबाट खसेको अवस्थामा स्थानीयहरूले मृत भेटेका हुन्। जिल्ला प्रहरी कार्यालय म्याग्दीका प्रहरी नायब उपरीक्षक भरत श्रेष्ठका अनुसार प्रारम्भिक अनुसन्धानमा घाँस काट्ने क्रममा असन्तुलन भएर रुखबाट खसेको देखिए पनि थप अनुसन्धान भइरहेको छ।

हरेक वर्ष नेपालका ग्रामीण भेगमा रुखबाट लडेर दुर्घटनामा पर्ने घटना दोहोरिने गरेको छ। विशेष गरी जङ्गलमा घाँस दाउरा गर्न जाने वृद्धवृद्धा, महिला तथा किसानहरू यस्तो जोखिममा पर्ने गरेका छन्। स्थानीय तह तथा सरोकारवालाले यस्ता घटनाबाट जोगिन आवश्यक सुरक्षा उपाय अपनाउने चेतना अभिवृद्धि गर्नुपर्ने मागसमेत उठ्न थालेको छ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०७:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update