Harsamaya
५४७ केजी गाँजा बरामद: बर्दिवासमा लागुऔषध नियन्त्रणको ठूलो सफलता
बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद।

बर्दिवास - लागुऔषध नियन्त्रण ब्यूरो शाखा बर्दिवासले सिन्धुली हुँदै बर्दिवासतर्फ आइरहेको एक भ्यानबाट ५४७ केजी गाँजा बरामद गरेको छ। विशेष सूचनाको आधारमा गरिएको उक्त खोजतलासमा ठूलो मात्रामा गाँजा फेला परेको हो।

सिन्धुली हुँदै बर्दिवास तर्फ आउदै गरेको बा ३ ख ५८३२ नंम्बरको भ्यानभित्र राखेको ५४७ केजी गाँजा बर्दिवासस्थित गौरिडाँडावाट बरामद गरेको हो ।

बिशेष सुचनाको आधारमा व्युरो शाखाले उक्त भ्यानमा खोजतलास गर्दा ठुलो मात्रामा गाँजा फेला पारेको लागुऔषध नियन्त्रण व्युरो शाखा बर्दिवासका प्रमुख सरोज कुमार अधिकारीले जानकारी दिए ।

प्रमुख अधिकारीका अनुसार भ्यान चालक सलिन मगरलाई पक्राउ गरिएको छ । सिन्धुपाल्चोक ठुलो भन्ज्याङ घर भएका मगरलाई नियन्त्रण लिएर अहिले ईलाका प्रहरी कार्यालय बर्दिवासमा राखिएको प्रहरीले जनाएको छ ।

गत १७ गते पनि बर्दिवासवाट खटिएको व्युरो टोलीले झन्डै सय केजी खैरो हिरोईन पक्राउ गरेको थियो ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०७:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update