Harsamaya

काठमाडौं -  नेकपा एमालेको सचिवालयको बैठक आज बस्दै छ ।

बैठक ललितपुरको च्यासलस्थित केन्द्रीय कार्यालयमा अपरान्ह १ बजेदेखि शुरु हुने बताइएको छ ।

बैठकमा पछिल्लो समय विकसित राजनीतिक घटनाक्रम, पूर्वराजाको सक्रियता तथा संगठनको गतिविधिका विषयमा छलफल हुने बुझिएको छ ।

पूर्वराजा ज्ञानेन्द्र शाहको अपिलपछि राजतन्त्र समर्थकहरू सक्रिय भएपछि सरकारले दबाब महसुस गरिरहेका बेला बस्न लागेको एमालेको यस बैठकलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०७:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update