तोप २१ को आयोजनामा चौतारामा राष्ट्रिय भलिबल प्रतियोगिता हुने

काठमाडौं - तोप २१ क्लबको आयोजनामा सिन्धुपाल्चोकको चौतारामा क्लबस्तरीय राष्ट्रिय भलिबल प्रतियोगिता हुने भएको छ ।
चौतारा साँगाचोकगढी नगरपालिका-५ टुँडिखेल मैदानमा यही चैत १५ देखि २० गतेसम्म हुने प्रतियोगितामा सहभागिताका लागि चैत १० गतेसम्म टिम दर्ता गर्न आयोजकले आव्हान गरेको हो।
नेपाल भलिबल संघ, जिल्ला भलिबल संघ सिन्धुपाल्चोक र जिल्ला खेलकुद विकास समितिको प्राविधिक सहयोग रहने प्रतियोगिताको शीर्ष तीनले क्रमशः ३ लाख, १ लाख ५० हजार र ७५ हजार रुपैयाँ , ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गर्नेछन् ।
यसैगरी प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीलाई २० हजार तथा उत्कृष्ट स्पाइकर, सेटर, ब्लकर र लिबेरोलाई जनही १० हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने छ ।
प्रकाशित मिति: सोमबार, चैत ४, २०८१ ०७:२८
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय