Harsamaya
प्रतिनिधि सभाको बैठक बस्दै, यस्तो छ कार्यसूची
संसद भवन नयाँबानेश्वर । तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज बिहान ११ बजे बस्ने बैठकमा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।

आजको बैठकमा व्यवस्थापन कार्य अन्तर्गत प्रधानमन्त्री के.पी. शर्मा ओलीले 'सुशासन प्रवर्धन तथा सार्वजनिक सेवा प्रवाह सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल सदनमा र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।

त्यस्तै आज भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री बलराम अधिकारीले 'सहकारी सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक, २०८१ माथिको दफावार छलफल र पारित गरियोस्' भन्ने प्रस्ताव प्रस्तुत गर्ने तालिका रहेको संसद सचिवालयले जनाएको छ ।

Parliament(11)-1742175430.jpg
 

प्रकाशित मिति: सोमबार, चैत ४, २०८१  ०७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update