Harsamaya
प्रचण्डको तस्वीर जलाउने राप्रपा नेता बम रिहा
प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम ।

हेटौंडा - पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाएको आरोपमा पक्राउ परेका राप्रपाको युवा संघठनका सदस्य सचिव निराजन बम रिहा भएका छन् ।

चितवनबाट आइतबार पक्राउ परेका बमलाई जिल्ला प्रहरी कार्यालय मकवानपुरले आइतबार रिहा गरेको हो ।

बमको पक्राउपछि प्रचण्डले समेत फोटो जलाउँदैमा गिरफ्तार गर्नु उचित नहुने प्रतिक्रिया दिएका थिए । 
 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  २१:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update