Harsamaya
सरकारले देशलाई असफल राष्ट्र हुनबाट जोगायो - सञ्चारमन्त्री गुरुङ
सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ ।

काठमाडौं - सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका छन् । 

बिज्ञापन बोर्डले आइतबार काठमाडौंमा आयोजना गरेको कार्यक्रममा मन्त्री गुरुङले वर्तमान सरकार गठन भएपछि अपेक्षित काम गर्न नसकेपछि पहिलो काम मुलुकलाई असफल राष्ट्रबाट हुनबाट जोगाएको बताएका हुन् । 

उनले पुराना ऐन कानुनले सुशासन कायम हुन नसकेको, राजस्व संकलन हुन नसकेको, व्यवसाय प्रवर्द्धनमा समस्या देखिएको महसुस भएकाले अध्यादेश ल्याउनुपरेको धारणा राखे । 

मुलुकमा परिवर्तन हुँदा पनि सुशासन कायम हुन नसक्दा जनतामा निराशा उत्पन्न भएकाले विद्यमान अस्पष्ट नीति नियमहरूलाई सुधार गर्न खोजिएको उनले बताए । उनले सरकारको रचनात्मक आलोचना भए सुध्रिने मौका पाउने उल्लेख गरे । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update