Harsamaya
प्रचण्डको तस्वीर जलाउने राप्रपाको युवा संगठनका नेता पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - हेटौँडामा शनिबार नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको तस्वीर जलाउने राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) निकट राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका नेता निराजन बमलाई प्रहरीले पक्राउ गरेको छ । 

बमले शनिबार हेटौँडामा आयोजित राप्रपाको कार्यक्रममा प्रचण्डको फोटो जलाएका थिए । बमलाई प्रहरीले चितवनबाट पक्राउ गरेको हो । उनले गणतन्त्र मुर्दावाद भने नारा लगाउँदै प्रचण्डको तस्वीरमा आगो लगाएका थिए ।

सो कार्यक्रममा राप्रपा केन्द्रीय नेता तथा सांसद दीपकबहादुर सिंह समेत सहभागी थिए ।

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  १४:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update