Harsamaya
होली खेल्ने विषयमा विवाद हुँदा चक्कु प्रहार, युवकको मृत्यु
सांकेतिक तस्वीर : हर समय/Har Samaya

धनुषा - होली खेल्ने विषयमा विवाद हुँदा एक युवकको मृत्यु भएको छ । जनकपुरधाम उपमहानगरपालिका–२३ विन्धिमा होली खेल्ने विषयमा विवाद हुँदा सोही स्थानका धर्मेन्द्र महतोले गरेको चक्कु प्रहारबाट १८ वर्षीय आशु यादवको मृत्यु भएको हो । 

अभियुक्त महतोले यादवको छाती, पेट र डाढमा चक्कु प्रहार गरेका थिए । गम्भीर घाइते यादवको उपचारका क्रममा प्रादेशिक अस्पताल जनकपुरधाममा शनिबार राति मृत्यु भएको धनुषाका प्रहरी प्रमुख भुवनेश्वर तिवारीले जानकारी दिए । 

आक्रमणमा प्रयोग गरिएको चक्कुसहित अभियुक्त महतोलाई हिरासतमा राखेर कारबाही अगाडि बढाइएको उनले बताए । 

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update