Harsamaya

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज लिमिटेड (नेप्से) को प्रमुख कार्यकारी अधिकृत पदको लागि अन्तिम पाँच जनालाई अन्तर्वार्ताको लागि बोलाइएको छ ।

अर्थ मन्त्रालयले प्रमुख कार्यकारी अधिकृतका लागि १० जनाको आवेदन परेकोमा पाँच जनालाई व्यावसायिक कार्ययोजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट गरेको हो ।

व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ताका लागि छनौट हुनेमा चुडामणी चापागाई, नारद कुमार लुइटेल, पूर्ण प्रसाद आचार्य, बद्रि प्रसाद प्याकुरेल र हेमन्त बश्याल रहेका छन् । 

उनीहरूको व्यावसायिक कार्य योजना प्रस्तुतीकरण र अन्तर्वार्ता चैत्र ६ गते बुधबार बिहान ७ बजेदेखि अर्थ मन्त्रालयमा हुने भएको छ ।   

प्रकाशित मिति: आइतबार, चैत ३, २०८१  ११:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update