Harsamaya
पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घट्यो 
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ । निगमले आज रातिदेखि लागू हुने गरी पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य घटाएको हो ।

शनिबार बसेको निगम संचालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ५ तथा डिजेल र मट्टीतेलको मूल्य प्रतिलिटर ४ रुपैयाँले घटाएको छ ।

घटेपछि काठमाडौं उपत्यकामा पेट्रोलको मूल्य प्रति लिटर १६३ र डिजेल तथा मट्टीतेल प्रति लिटर १५१ भएको निगमले जनाएको छ ।

NOC.jpg-4-1742051791.jpg
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २१:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update