Harsamaya
चार जना पुरुष मृत भेटिए
सांकेतिक तस्वीर : हर समय/Har Samaya

काठमाडौं - झापाको हल्दिबारी गाउँपालिका–४ मङ्गलबारे बस्ने ६० वर्षीय थुरूम मर्डी आफ्नै घरमा आज मृत अवस्थामा फेला परेका छन् । 

झापाकै मेचीनगर नगरपालिका–१५ गाईनोबारी बस्ने ३२ वर्षीय वीरबहादुर राजवंशी पनि आफ्नै घरमा शनिबार मृत अवस्थामा फेला परेका छन् । 

बैतडीको दोगडाकेदार गाउँपालिका–५ दोलीस्थित महाकाली राजमार्ग सडक छेउमा  नाम, थर, वतन नखुलेका अन्दाजी ४५ वर्षीय पुरूष मृत अवस्थामा फेला परेका छन् । 

यस्तै रौतहट, चन्द्रपुर नगरपालिका–७ स्थित आमो खोलामा नाम, थर, वतन नखुलेका अन्दाजी ३६ वर्षीय पुरूष मृत भेटिएका समाचारकक्षले प्रकाशन गरेको आजको समाचार बुलेटिनमा जनाइएको छ । 
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  २०:००
प्रतिक्रिया दिनुहोस्
Weather Update