Harsamaya
प्रचण्डको सचिवालयको खण्डन - माओवादी सरकारमा जाँदैछ भन्ने हल्ला मात्रै हो 
नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ।

काठमाडौं - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ को सचिवालयले पार्टी सरकारमा जाँदैछ भनेर हल्लाको खण्डन गरेको छ । 

सामाजिक सञ्जाल र केही मिडियामा माओवादी केन्द्र सरकारमा जाँदै छ भन्ने चर्चा हुन थालेपछि प्रचण्डको सचिवालयले माओवादी अहिले सरकारमा नजाने स्पष्ट गरेको हो ।

सचिवालयले भनेको छ, ‘भ्रष्टाचार विरुद्ध सुशासनको महाअभियान लिएर जनताको घर-घरमा गई जनतासँग हातेमालो गर्दै अघि बढिरहेको हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी(केन्द्र) को अभियानबाट आत्तिएर हाम्रो पार्टी र नेतृत्वलाई कमजोर पार्ने उद्देश्यले 'माओवादी केन्द्र पनि सरकारमा जाँदैछ' भन्ने एउटा बेतुकको हल्ला बजारमा चलाइएको रहेछ, यसमा बिल्कुलै सत्यता छैन। हाम्रो पार्टी र नेतृत्वको अहिले सरकारमा जाने भन्ने कुरा निरर्थक हल्ला मात्रै भएको जानकारी गराउँदछौ ।’ 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १८:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update