
काठमाडौं - अमेरिकाले ४३ देशका नागरिकलाई अमेरिकामा यात्रा गर्न प्रतिबन्ध लगाउने योजना बनाएको छ । ट्रम्प प्रशासनको यो योजना कार्यान्वयन भएमा ४३ देशका नागरिकहरू अमेरिका यात्रा गर्नबाट प्रभावित हुनेछन् ।
न्युयोर्क टाइम्सका अनुसार यो प्रतिबन्ध ट्रम्पको पहिलो कार्यकालको भन्दा व्यापक हुने अनुमान गरिएको छ।
११ देशका नागरिकलाई पूर्ण रूपमा प्रतिबन्ध लगाइएको छ । अफगानिस्तान, भूटान, क्युबा, इरान, लिबिया, उत्तर कोरिया, सोमालिया, सुडान, सिरिया, भेनेजुएला र यमन माथि अमेरिकाले प्रतिबन्धले लगाएको हो ।
यी देशका नागरिकहरूलाई पूर्ण रूपमा अमेरिका प्रवेशमा रोक लगाइने बताइएको छ।
यस्तै बेलारुस, इरिट्रिया, हैटी, लाओस, म्यानमार, पाकिस्तान, रुस, सिएरा लियोन, दक्षिण सुडान र तुर्कमेनिस्तानलाई आंशिक प्रतिबन्ध लगाइएको छ ।
यस्तो २२ दिन यल्लो लिष्टमा परेका छन् । अङ्गोला, एन्टिगुवा र बारबुडा, बेनिन, बुर्किना फासो, कम्बोडिया, क्यामरुन, केप भर्डे, चाड, कंगो गणराज्य, कंगो लोकतान्त्रिक गणराज्य, डोमिनिका, भूमध्यरेखीय गिनी, गाम्बिया, लाइबेरिया, मालावी, माली, माउरिटानिया, सेन्ट किट्स एन्ड नेभिस, सेन्ट लुसिया, साओ टोमे र प्रिन्सिपे, भानुआतु र जिम्बाब्वे यल्लो लिष्टमा परेका छन् ।