गुल्मीमा कात्तिकदेखि हराएका पुरुष मृत भेटिए

गुल्मी - गुल्मीमा एक पुरुषको कंकाल भेटिएको छ ।
इस्मा गाउँपालिका वडानम्बर-१ निवासी ५९ वर्षका कुलबहादुर सुनारको शव भेटिएको जिल्ला प्रहरी कार्यालय गुल्मीका डिएसपी चिरञ्जीवी दाहालले बताए ।
सुनार गत कात्तिक महिनादेखि घर परिवारको सम्पर्कमा थिएनन् । उनी शनिबार स्थानीय भुसकत्ता सामुदायिक जंगलमा मृत अवस्थामा फेला परेको दाहालले बताए ।
सुनार घरबाट केही नभनी ४ महिनाअघि हिँडेका थिए । उनको लगाएको कपडा र जुत्ताको आधारमा घर परिवारले उनको पहिचान गरेको डिएसपी दाहालले बताए ।
घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
प्रकाशित मिति: शनिबार, चैत २, २०८१ १७:५६
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय