Harsamaya
वीरगञ्ज भन्सारबाट एक खर्ब नौ अर्ब राजस्व संकलन
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

पर्सा - वीरगञ्ज भन्सार कार्यालयले चालु आर्थिक वर्षको आठ महिनामा एक खर्ब ९ अर्ब २२ करोड ८५ लाख राजस्व संकलन गरेको छ । एक खर्ब ३९ अर्ब ७३ करोड राजस्व संकलनको लक्ष्य थियो । 

भन्सार प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार राजस्व संकलनमा क्रमशः सुधार भएको छ । चालु आव  बाँकी चार महिनामा राजस्व संकलनमा थप सुधार हुने उनको विश्वास छ । अन्य क्षेत्रको तुलनामा यहाँ पेट्रोलियम पदार्थ र सवारीसाधनबाट राजस्व संकलन अधिक हुने गरेको छ । 

वीरगञ्ज भन्सारले चालु आवको साउनमा १२ अर्ब १५ करोड भदौमा १३ अर्ब ४२ करोड,असोजमा रु १३ अर्ब ४७ करोड  कात्तिकमा ११ अर्ब १० करोड र मङ्सिरमा भने १४ अर्ब ४० करोड राजस्व संकलन गरेको थियो ।

यसैगरी, पुसमा चालु आवको  सबैभन्दा धेरै अर्थात् १५ अर्ब ४७ करोड र माघमा १४ अर्ब ४४ करोड र फागुनमा १४ अर्ब ६३ करोड राजस्व असुली भएको थियो ।
 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १५:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update