Harsamaya
इटहरीमा मोटरसाइकल दुर्घटनामा युवकको मृत्यु
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

सुनसरी - इटहरी उपमहानगरपालिका–१२ मा आज बिहान मोटसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मोटरसाइकल चालक विराटनगर १० का २४ वर्षीय पुरन चौधरी रहेको सुनसरीका प्रहरी नायब उपरीक्षक युवराज खतिवडाले जानकारी दिए । 

इटहरीबाट विराटनगरतर्फ जाँदै गरेको प्र १–०२–०४८प ३८७० नम्बरको मोटसाइकल अनियन्त्रित भई दुर्घटना भएको थियो ।

दुर्घटना हुँदा मोटरसाइकल चालक पुरन चौधरी र त्यसमा सवार उदयपुर कटारी–२ का २८ वर्षीया उमा सुनुवार घाइते भएकामा पुरन चौधरीको उपचारको क्रममा मृत्यु भएको छ भने सुनवारको उपचार भइरहेको प्रहरीले जनाएको छ । 

घटनाको विषयमा अनुसन्धान भइरहेको प्रहरी उपरीक्षक खतिवडाले जानकारी दिए । 

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  १४:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update