Harsamaya
प्रचण्डको अभिव्यक्ति हेर्दा पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ - धवल शमशेर राणा
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणा ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का महामन्त्री एवं आन्दोलन परिचालन समितीका संयोजक डा. धवल शमशेर राणाले माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन: देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट भएको टिप्पणी गरेका छन् ।

सामाजिक सञ्जालमा लेख्दै राणाले प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ भन्दै यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध गरेका छन् ।

उनले भनेका छन्, ‘माओवादी अध्यक्ष प्रचण्डको हालैको अभिव्यक्ति हेर्दा देशमा अराजकता र पुन देशलाई हिंसामा धकेल्न खोजेको प्रष्ट हुन्छ। यो परिस्थितिमा सम्पूर्ण देशभक्त राजभक्तहरूमा यस्ता अराजक गतिविधिबाट प्रभावित नभै संयमतापूर्वक आफ्नो अभियान जारी राख्न अनुरोध छ ।’

प्रकाशित मिति: शनिबार, चैत २, २०८१  ११:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update