नुवाकोटमा मोटरसाइकल दुर्घटना, ३२ वर्षीय युवकको मृत्यु
-1741966590.jpg)
नुवाकोट - नुवाकोटको विदुर नगरपालिका–६, सिंचाइ पुल नजिक मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
दुर्घटनामा ३२ वर्षीय चतुरमान तामाङको ज्यान गएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । तारकेश्वर गाउँपालिका–१, दानसिङका तामाङ बट्टारबाट दानसिङतर्फ जाँदै गर्दा दुर्घटनामा परेका हुन् ।
प्रहरीका अनुसार बा ४६ प ८२५३ नम्बरको मोटरसाइकल तीव्र गतिका कारण अनियन्त्रित भएर दुर्घटनामा परेको हो । गम्भीर घाइते भएका तामाङलाई त्रिशूली अस्पताल, नुवाकोट पुर्याइए पनि उपचारका क्रममा उनको निधन भएको प्रहरीले बताएको हो ।
दुर्घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।
प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१ २१:२२
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय