काठमाडौं - बहुप्रतिभाशाली कलाकार राम प्रसाद खनालको नयाँ लोकदोहोरी गीत ‘पानी लिन जाँदा खेरी’ सार्वजनिक भएको छ । अमेरिकास्थित इन्टरनेशनल मिडिया एण्ड इन्टरटेनमेन्ट हाउस यूएसको प्रस्तुति रहेको यस गीतमा राम प्रसाद खनाल र शान्तिश्री परियारको सुमधुर स्वर रहेको छ ।
गीतमा खनालकै शब्द, रचना रहेको छ भने संगीत तथा एरेन्ज कमल सौरागले गरेका छन् । गीतको मिक्सिङ श्याम स्वेत रसाइलीले गरेका हुन् भने रेकर्डिङ मालश्री स्टुडियोमा गोविन्द पराजुली र सागर बजुराली को सहकार्यमा गरिएको हो ।
यो गीतको विशेष आकर्षण भनेको यसमा देख्न सकिने ख्यातिप्राप्त कलाकार दीपाश्री निरौला र गजित बिष्टको मनमोहक अभिनय हो। भिडियोमा उनीहरूका साथमा राम प्रसाद खनाल आफैं र अन्य कलाकारहरूको समेत अभिनय रहेको छ ।
१६ मिनेट लामो म्युजिक भिडियो `पानी लिन जान्दा खेरी’ को भिडियो सुरेन्द्र बसेलको निर्देशनमा निर्माण गरिएको हो । जसमा रमाइलो कथा तथा जीवन्त अभिनय हेर्न सकिन्छ । भिडियोको पोस्ट-प्रोडक्सन नोभिकले गरेको छ ।
गीतको लय, शब्द, संगीत र भिडियो सम्पादनको मेल दर्शक-श्रोताले रुचाउने अनुमान गरिएको छ । भिडियो राम प्रसाद खनाल अफिसियल युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको छ ।