Harsamaya
नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न सक्दैन : अध्यक्ष लिङ्देन
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देन ।

काठमाडौं - राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले नेपालमा राजसंस्था र हिन्दुराष्ट्रको पुनस्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका छन् । 

मिडिया नेपालको वार्षिकोत्सवका अवसरमा शुक्रबार काठमाडौंमा आयोजित कार्यक्रममा लिङ्देनले देश अहिले चौबाटोमा पुगिसकेको भन्दै अहिलेको घटनाक्रम हेर्दा नेपालमा राजसंस्था र हिन्दू राष्ट्रको पुनस्थापनालाई कसैले रोक्न नसक्ने दाबी गरेका हुन् । 

उनले भीडले नेताहरूलाई विस्थापित गरेर वा राजनीतिक दलहरूको बीचमा सहमति कायम गरेर राज संस्था र हिन्दू राष्ट्रको पुनस्थापना हुने भन्दै आफूहरू दलहरू सबै अटाउने प्रजातन्त्रसहितको राज संस्थामा सहमति कायम गरेर अघि बढ्नुपर्छ भन्ने पक्षमा रहेको जिकिर गरे । 

लिङ्देनले राजसंस्था र प्रजातन्त्र एकअर्काको विकल्प हो भन्ने भ्रम फैलाएर समालाइ विभाजित गर्ने प्रयास भएको उल्लेख गर्दै राजसंस्था र प्रजातन्त्र एकअर्काका विकल्प नभएको धारणा राखे । 

उनले पूर्वराजाको स्वागतमा आफूहरूले अहिलेसम्मै ठूलो जनसागर देखेको बताए । यद्यपि केही सञ्चारमाध्यमले पूर्वाग्राही ढंगले समाचार सम्प्रेषण गरेको उनले बताए । उनले अहिलेको अवस्थामा सञ्चारजगत पूर्वागाही बन्न नहुने र देशको परिवर्तनको यात्रालाई अन्देखा गरेर देशलाई दुर्घटनातर्फ लैजान दिन नहुने उल्लेख गरे । 

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १८:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update