Harsamaya
हङकङमाथि नेपाल ६ विकेटले विजयी
नेपाली महिला क्रिकेट टिम ।

काठमाडौं - नेपालले हङकङलाई ६ विकेटले पराजित गरेको छ । जारी चार देशीय सिरिज अन्तर्गत हङकङले दिएको १०५ रनको लक्ष्य पछ्याएको नेपालले १९.३ ओभरमा ४ विकेट गुमाउँदै लक्ष्य पुरा गरेको थियो । 

नेपालका लागि सम्झना खड्काले सर्वाधिक ४७ रन बनाएकी थिइन् भने पुजा महतोले अविजित २०, कप्तान इन्दु बर्माले १८ रन बनाएकी थिइन् ।    

यसअघि हङकङले पहिला ब्याटिंग गर्दै २० ओभरमा ८ विकेट गुमाउँदै १०४ रन बनाएको थियो ।

हङकङका लागि शनजीन शाहजादले सर्बाधिक ५४ रन बनाएकी थिइन् भने नेपाली बलर राजमती ऐरीले ३ विकेट लिएकी थिइन् ।

योसँगै नेपाल यस सिरिजमा चौथो भएको छ र अब तेस्रो स्थानको लागि आइतबार खेल्ने भएको छ ।

प्रकाशित मिति: शुक्रबार, चैत १, २०८१  १७:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update