Harsamaya

काठमाडौं  - भक्तपुरमा तीव्र गतिको गाडी दुर्घटना हुँदा ८ जना घाइते भएका छन् । भक्तपुर प्रहरीले बिहीबार दिउँसो  बीएए ०८३४ नम्बरको स्कार्पियो तीव्र गतिका कारण आफै अनियन्त्रित भएर सडकमा पल्टिएएको जनाएको छ । 

सूर्यविनायक नगरपालिका वडा नं ७ स्थित सुवर्णस्वरबाट गुण्डुतर्फ जाँदै गरेको गाडी दुर्घटनामा स्थानीय सविन अछामी, कमल अछामी, सुबोध अछामी, विनोद खत्री, राजेश पोख्रेल, विवेक बस्नेत, रुपा पन्त र आशिष अछामी घाइते भएका छन् । 

घाइतेहरूको मध्यपुर अस्पतालमा उपचार भइरहेको छ।  

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  २०:११
प्रतिक्रिया दिनुहोस्
Weather Update