Harsamaya
होलीलाई सुरक्षित बनाउन रौतहटमा ५१३ प्रहरी परिचालन गरिने
जिल्ला प्रहरी कार्यालय रौतहट ।

रौतहट - असत्यमाथि सत्यको विजय भएको उपलक्ष्यमा परापूर्वकाल देखि हिन्दूहरूले मनाउने होली पर्व आज पहाड र हिमालमा मनाइँदै छ ।

प्रत्येक वर्षको जस्तै होलिका दहन स्थानीय भाषामा (समत जलाएको) भोलिपल्ट अर्थात् तराई मधेशमा हिन्दू समुदायले होली पर्व भोलि मनाउने गर्छन् । रौतहटमा होली पर्व सुरक्षित रूपमा सम्पन्न गराउन ५१३ जना प्रहरी जनशक्ति परिचालन गरिने जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। भोलि होली पर्वको दिन एसपी दिलीप घिमिरेको नेतृत्वमा ७ जना जनशक्ति परिचालन गरी कमाण्ड पोष्ट राखिने छ।

त्यसैगरी दुई जना डिएसपीको १४ जना जनशक्ति सहित दुई वटा अनुगमन टोली परिचालन गरिने एसपी घिमिरेले बताएका छन्। ३ जना इन्स्पेक्टरको कमाण्डमा ५२ जना प्रहरी सहित रिजर्व टोली,३ जना इन्स्पेक्टर सहित ५२ जनाको कियु आर टी,३ जना इन्स्पेक्टर सहित ३४ जना प्रहरीको छुट्टाछुट्टै ३ चेकिङ टोली परिचालन गरिने योजना रहेको छ। त्यस्तै ५२ जना प्रहरीको टोलीले ३ वटा मोबाईल गस्ती,३२ जना प्रहरीद्धारा मोटरसाइकल गस्ती,९ जना प्रहरी लाई विशेष सूचना संकलनका लागि सादापोशाकमा खटाइने योजना रहेको एसपी घिमिरेले बताएका छन्।

त्यस्तै २५ जना प्रहरीद्धारा पैदल गस्ती ,१९० जना प्रहरी लाई पिकेट टोली र भोलि बिहानै देखि जिल्लाको विभिन्न स्थानमा ३६ जना ट्राफिक प्रहरी परिचालन गरिने योजना रहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रकाशित मिति: बिहीबार, फागुन २९, २०८१  १७:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update