Harsamaya
नेप्सेमा झिनो अंकले वृद्धि
नेपाल स्टक एक्सचेन्ज (नेप्से)

काठमाडौं - नेपाल स्टक एक्सचेन्ज (नेप्से)मा झिनो अंकको वृद्धि देखिएको छ ।

साताको अन्तिम कारोबारको दिनमा आज नेप्से ४.६३ अंकले बढेर २५८६.२३ विन्दुमा रोकिएको छ ।

१ करोड ८६ हजार ७०५ कित्ता शेयर ५० हजार ४४७ पटक खरिदबिक्री हुँदा आज ४ अर्ब ६० करोड ३२ लाख ८२ हजार रुपैयाँ बराबर कारोबार भएको नेप्सेले जनाएको छ ।

आज मात्रै १५६ वटा कम्पनीको शेयर मूल्य बढेको छ भने ७७ वटा कम्पनीको शेयर मूल्य घटेको देखिएको छ ।११ वटा कम्पनीको शेयर मूल्य भने स्थिर रहेको जनाइएको छ ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २१:५६
प्रतिक्रिया दिनुहोस्
Weather Update