
काठमाडौं - नेपाल अन्तर्राष्ट्रिय रङ्गमञ्च महोत्सव (निटफेस्ट) २०८१ को बहुप्रतिक्षित आधिकारिक पोस्टर सार्वजनिक भएको छ। पोष्टरमा चोयाबाट बनेको हात देखाइएको छ। यसले रैथाले सामग्रीबारे भन्न खोजेको जस्तो देखिन्छ ।
एसियन पिपुल्स थिएटर फेष्टिबल सोसाइटीद्वारा आयोजना गरेको महोत्सवको यसवर्षको नारा ‘सामाजिक रूपान्तरणका लागि रङ्गमञ्चः रैथाने ज्ञानको उज्यालो’ राखिएको छ। निटफेस्टको तेस्रो संस्करण मण्डला थिएटरमा चैत्र ६ देखि सुरु हुनेछ।
स्थानीय सिप,कला, संस्कृति, पहिचानको संरक्षण र निरन्तरतालाई सुनिश्चित गर्दै मानिस, माटो र परम्पराबीचको गहिरो सम्बन्धलाई कायम राख्नु रैथाने ज्ञानको अभिप्राय रहेको आयोजकले जनाएको छ। महोत्सवका लागि गत जुनमा नाटक तथा कार्यक्रमको आवेदन आव्हान गरिएको थियो। महोत्सव चैत्र १२ गतेसम्म चल्नेछ।
निटफेस्ट २०८१ एक बहुराष्ट्रिय सांस्कृतिक महामेला हो। जहाँ नेपालका साथै विभिन्न देशका रंगकर्मी, कलाकार, लेखक, निर्देशक र रंगप्रेमीहरू सहभागी हुनेछन्। विविध नाटक, संवाद, कार्यशाला, प्रदर्शनी तथा कला प्रदर्शनहरू मार्फत रैथाने ज्ञान र आधुनिक रंगमञ्चबीचको अन्तरक्रिया स्थापित गरिनेछ।
सार्वजनिक पोष्टर :-