Harsamaya
सात दिनपछि नेप्सेमा हरियाली: दोहोरो अंकको उछाल
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं- लगातार सात दिनको गिरावटपछि नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचकमा आज सकारात्मक संकेत देखिएको छ। दोहोरो अंकको वृद्धिसँगै नेप्से १७.२८ अंकले उकालो लागेर २,७३६.४८ विन्दुमा पुगेको छ।

आज ३२३ कम्पनीका २.२९ करोड कित्ता सेयर किनबेच हुँदा कुल कारोबार रकम ८.२३ अर्ब रुपैयाँ पुगेको छ। लगानी र अन्य समूह सबैभन्दा उच्च वृद्धिमा देखिए भने विकास बैंक र लघुवित्त समूहमा भने गिरावट आयो।

पिपुल्स हाइड्रोपावरको सेयर मूल्य सबैभन्दा धेरै ९.७९% ले बढ्यो, जबकि विन नेपाल लघुवित्त नकारात्मक सर्किटमा पर्‍यो। कारोबार रकमका आधारमा माछापुच्छ्रे बैंक लिमिटेड प्रमोटर सेयर ८१.३६ करोड रुपैयाँ बराबरको कारोबारसहित अग्रस्थानमा रह्यो।

लगातारको गिरावटपछि आएको यो सुधारले लगानीकर्तामा नयाँ आशा जगाएको छ।

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  १६:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update