Harsamaya
प्रि ओपन सेसनमा नेप्से सूचक घट्यो
सांकेतिक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - प्रि ओपन सेसनमा नेप्से सूचक १.०७ अंकले घटेको छ । यससँगै सूचक २७१८.१३ विन्दुमा आएको छ । १ करोड ९४ लाख रुपैयाँभन्दा बढीको सेयर कारोबार भएको छ । ४९ कम्पनीको ३५ हजार ३ सय ५९ कित्ता सेयर कारोबार भएको छ । 

यो सेसनमा कुल १ सय २० वटा कारोबार भएको हो । १५ कम्पनीको मूल्य बढ्दा २६ वटाको भाउ घटेको छ । बाँकी कम्पनीको मूल्यमा भने कुनै पनि उतारचढाव भएको छैन । 

प्रकाशित मिति: बुधबार, फागुन २८, २०८१  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update