Harsamaya
म राजेन्द्र लिङ्देन र कमल थापाको गोठालो हैन -व्यवसायी प्रसाईं
व्यवसायी दुर्गा प्रसाईं ।

काठमाडौं - व्यवसायी दुर्गा प्रसाईंले कमल थापा र राजेन्द्र लिङ्देनले फ्रड काम गरेकाले मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका छन् । 

मंगलबार आफ्नै निवास भक्तपुरमा पत्रकार सम्मेलन गर्दै प्रसाईंले २०७२ मा कमल थापा र राजेन्द्र लिङ्देनले हस्ताक्षर गरेकै कारण मुलुकबाट राजसंस्था हटेको आरोप लगाएका हुन् । 

राजसंस्थालाई तिलाञ्जली दिएका थापा र लिङ्देनले अहिले धमिलो पानीमा माछा मार्न खोजेको उनले बताए । प्रसाईंले आफ्नै कारणले अहिले पूर्वराजाको पक्षमा माहोल बनेको दाबी गरे । आफू थापा र लिङ्देनको गोठाला नभएको भन्दै उनले आन्दोलन गर्न परे पूर्वराजासँग मिलेर गर्ने तर्क गरे । 

उनले अहिलेका लडाइमा सारथि भएर रथ चलाउन पूर्वराजालाई सुझाव दिँदै आफू अर्जुनको भूमिकामा बाण चलाउने जिकिर गरे । 

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १९:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update