मस्कोमा युक्रेनको ड्रोन आक्रमण, तीनको मृत्यु

काठमाडौं - युक्रेनले रूसको राजधानी मस्कोमा ठूलो ड्रोन आक्रमण गरेको छ । मंगलबार भएको आक्रमणमा अहिलेसम्म तीन जनाको मृत्यु भएको बीबीसीले जनाएको छ ।
मस्कोको आसपासको क्षेत्रमा युक्रेनले गरेको आक्रमणलाई असफल बनाएको रूसले दाबी गरेको छ । क्रेमलिनले मस्को र यसको वरिपरीको क्षेत्रलाई युक्रेनको ड्रोन आक्रमणबाट बचाइएको बताएको छ ।
साउदी अरेबियामा अमेरिका र युक्रेनबीच वार्ता शुरु हुनुअघि युक्रेनले यो आक्रमण गरेको थियो । युक्रेनको आक्रमणमा मारिनेमा ३८, ४३ र ५० वर्षका पुरुष रहेको बीबीसीले उल्लेख गरेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ १९:३१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय