Harsamaya
 कुर्सी भाँचिएपछि सांसद घाइते 
एमाले सांसद उर्मिला थेवे ।

काठमाडौं - प्रतिनिधि सभा बैठकमा कुर्सी भाचिँदा सांसद घाइते भएका छन् । मंगलबार बसेको प्रतिनिधि सभा बैठकमा एमाले सांसद उर्मिला थेवे बसेको कुर्सी भाँचिएको हो ।

बैठकको विशेष समयमा कांग्रेस सांसद गगन थापा बोलिरहेका बेला कुर्सी भाँचिएको थियो ।

सांसद लडेपछि सभामुख देवराज घिमिरेले चासो देखाएका थिए । उनलाई अहिले संसद् भवनबाट बाहिर लगिएको छ । उनको अवस्था सामान्य नै रहेको बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१  १५:२७
प्रतिक्रिया दिनुहोस्
Weather Update