प्रतिनिधिसभाको बैठक बस्दै, कस्तो छ कार्यसूची ?

काठमाडौं - प्रतिनिधि सभाको बैठक आज बस्दै छ । आज अपरान्ह १ बजे बस्ने बैठकमा महासन्धिमाथि छलफल हुने तथा व्यवस्थापनसम्बन्धी कार्यसूची रहेको संघीय संसद सचिवालयले जानकारी दिएको छ ।
आजको बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले राष्ट्रिय सभामा उत्पन्न भएको आमसञ्चार परिषद विधेयक, २०८१ लाई दफावार छलफलका लागि सम्बन्धित समितिमा पठाइयोस् भन्ने प्रस्ताव प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
त्यस्तै आजको बैठकमा वनमन्त्री ऐन बहादुर शाही ठकुरीले मोन्ट्रीयल प्रोटोकल किंगाली संशोधनमाथि सदनमा छलफल गर्ने र अनुमोदन गर्ने प्रस्ताव पेश गर्ने कार्यसूची रहेको छ ।
त्यसैगरी आजको बैठकमा प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले सम्बोधन गर्ने समेत कार्यसूची रहेको छ ।
प्रकाशित मिति: मंगलबार, फागुन २७, २०८१ ०७:०४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय