Harsamaya
संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने कोशी सरकारको निर्णय
कोशी प्रदेश उद्योग कृषि तथा सहकारी मन्त्रालय

काठमाडौँ - कोशी प्रदेशका उद्योग, कृषि तथा सहकारी मन्त्री खगेन सिंह हाङ्गामले संकटग्रस्त सहकारी संस्थाहरूको समस्या समाधान गर्न व्यवस्थापन समिति गठन गर्ने निर्णय भएको बताएका छन् । 

उद्योग, कृषि तथा सहकारी मन्त्रालयको कार्यभार सम्हालेको १ सय दिनको उपलब्धि सार्वजनिक गर्न बिहीबार विराटनगरस्थित मन्त्रालयमा आयोजना गरिएको पत्रकार सम्मेलनमा बोल्दै मन्त्री हाङ्गामले कृषि कर्जामा ब्याज अनुदान व्यवस्थापन कार्यविधि २०८१ ल्याउन लागिएको र कृषकहरूलाई गुणस्तरीय बिउबिजन उपलब्धतामा सुधार तथा कृषकको आयस्तर सुधारका गर्न प्रदेश बीउ बीजन सम्बन्धी विधेयक ल्याउने तयारी गरिएको समेत बताए । 

आफू मन्त्री भएर आएपछि विभिन्न नीतिगत निर्णय र कानुनहरू परिमार्जन गरिएकाले अब पुँजीगत खर्च बढ्ने उनले बताए । उनले पिपिपि मोडलमा उद्यमशिलता विकास र सीप विकास मार्फत स्वरोजगारी उपलब्ध गराउन प्रदेश औद्योगिक व्यवसाय विधेयक पनि ल्याउन लागेको बताए । 

मन्त्री हाङ्गामले सहकारी संस्थाहरूलाई व्यवस्थित र नियमन गर्न सहकारी संस्था एप्लिकेशन सफ्टवेयर प्रयोग सम्बन्धी कार्यविधि ल्याएर सहकारी संस्थाहरु सूचीकृत पनि हुन थालेको जानकारी दिए ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  २०:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update