Harsamaya
पूर्वराजा स्वागत विवाद : विष्णु रिमालले ज्ञानेन्द्र शाहीलाई 'नालायक' भन्दै दिए कडा जवाफ
प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमाल र राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाही। 

काठमाडौँ - पूर्वराजा ज्ञानेन्द्र शाहको स्वागत कार्यक्रमलाई लिएर राजनीतिक गर्मी बढेको छ। राप्रपा प्रवक्ता तथा सांसद ज्ञानेन्द्र शाहीले प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालमाथि भारतका मुख्यमन्त्री योगी आदित्यनाथको तस्वीर राख्न लगाएको आरोप लगाएपछि रिमालले कडा शब्दमा प्रतिक्रिया दिएका छन्।

उनले भनेका छन्- डिसईन्फरमेसनको सहारामा एक्सिडेन्टली मर्यादित स्थानमा पुगेका अयोग्यहरूबाट फैलाईने भ्रम यस्तै हो। यी मानिस कति द्विविधामा भ्रमको खेती गर्दै थिए भन्ने कुरा एउटै स्ट्याटस ५/५ चोटी एडिट गरेको हिस्ट्रीले आफैं बताउँछ । मलाई यस्ता नालायकहरूसँग सवाल-जवाफ गर्नु छैन। कसले कहॉ के गर्दैछ- समाचार त आएकै छ नि !

साथै उनले यस्तो पनि भनेका छन् :-

कॉक्रा चोरहरू-
कॉक्रा चोर्छन्, खान्छन्,
पोल खुल्ने डरमा 
हत्तपत्त अर्काको गालामा बियॉ टॉसी
कुलेलम ठोक्छन्!
दलालहरू— 
पहिले दलाली गर्छन्
दलालीको पोल खुलेपछि 
खाल’ जोगाउन त्यस्तै हर्कत गर्छन्!

सांसदसमेत रहेका शाहीले सामाजिक सञ्जालमा लेख्दै पुर्वराजाको स्वागतमा भारतका मुख्यमन्त्री योगी आदित्यनाथको फोटो  प्रधानमन्त्री केपि ओलीको निर्देशनमा प्रमुख राजनीतिक सल्लाहकार बिस्ष्णु रिमालले राख्न लगाएको आरोप लगाएका थिए । 

शाहीले सामाजिक सञ्जालमा लेख्दै रिमालले योगी आदित्यनाथको तस्बीर राख्न लगाएको पाइएको उल्लेख गरेका हुन् । साथै उनले नेपाली राष्ट्रिय झन्डासहितको स्वागत कार्यक्रमलाई असर पार्न यस्तो कुकर्म गरेको समेत बताएका छन् । 

प्रकाशित मिति: सोमबार, फागुन २६, २०८१  १२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update