Harsamaya
परराष्ट्रमन्त्री राणाद्वारा प्रथम महिला राजदूत शाहप्रति श्रद्धाञ्जली अर्पण
परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गर्दै ।

काठमाडौँ - परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले नेपालका प्रथम महिला राजदूत स्वर्गीय विन्देश्वरी शाहप्रति श्रद्धाञ्जली अर्पण गरेकी छन् ।पूर्वराजदूत शाहको ९२ वर्षको उमेरमा बिहीबार बिहान निधन भएको हो ।

मन्त्री डा राणाले आज दिउँसो काठमाडौंको कालिमाटीस्थित स्वर्गीय शाहको निवासमा पुगेर उनको पार्थिव शरीरमा पुष्पगुच्छा अर्पण गरी श्रद्धाञ्जली दिएकी हुन‍ ।

परराष्ट्र सेवामा रहेकी शाह विसं २०४४ मा भारतका लागि नेपाली राजदूत नियुक्त भएकी थिइन् । उनी नेपालको प्रथम महिला राजदूत हुन् ।

प्रकाशित मिति: बिहीबार, पुस १८, २०८१  १८:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update