Harsamaya
सेयर बजार ४६.३३ अंकले घट्यो
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - सेयर बजार परिसूचक (नेप्से) आज घटेको छ । नेप्से साताको पहिलो दिन आइतबार ४६.३३ अंकले घटेको हो । योसँगै बजार परिसूचक २७७२.१० विन्दुमा ओर्लिएको छ । आज बजारमा १० अर्ब ०१ करोड रुपैयाँ बराबरको कारोबार भयो । 

आज २४ कम्पनीको मूल्य बढेको छ भने २१७ कम्पनीको मूल्य घटेको छ ।  बाँकी २ कम्पनीको मूल्य स्थिर रहेको छ । बजारमा आज पनि गार्डियन लाइफसहित तीन कम्पनीको इन्स्योरेन्सको सेयरमा सकारात्मक सर्किट ब्रेकर लागेको छ ।

त्यसरी सर्किट लाग्ने कम्पनीमा आईसीएफसी फाइनान्सको डिबेञ्चर र भोगोल इनर्जी रहेका छन् । उपकार लघुवित्त र सिन्धु विकास बैंकको सेयर १० प्रतिशतले घटेको छ । 

बजारमा सबै समूहको सूचक घटेको छ । सबैभन्दा धेरै अन्य समूह र इन्भेष्टमेन्ट समूहको शेयर घटेको छ । कारोबार रकमका आधारमा आज पनि हिमालयन रि–इन्स्योरेन्स १ अर्ब १२ करोड रुपैयाँसहित अगाडि छ ।


 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update