Harsamaya
मोटरसाइकल दुर्घटनामा तनहुँ कांग्रेस नेता पौडेलको निधन
नेपाली कांग्रेस तनहुँ जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेल।

दमौली - तनहुँमा भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्यको मृत्यु भएको छ । शुक्लागण्डकी नगरपालिका–२ नर्सरीमा शनिबार राति भएको मोटरसाइकल दुर्घटनामा नेपाली कांग्रेस जिल्ला कार्यसमिति सदस्य बालकृष्ण पौडेलको निधन भएको हो।

पोखराबाट बेलचौतारातर्फ जाँदै गर्दा उनी ग १३ प ५०६२ नम्बरको मोटरसाइकल दुर्घटनामा परेका थिए । ५२ वर्षीय पौडेल गम्भीर घाइते भएका थिए । उनको जिपी कोइराला अस्पतालमा उपचारका क्रममा  मृत्यु भएको चिकित्सकहरू बताएका छन् ।

इलाका प्रहरी कार्यालयका अनुसार दुर्घटनाको कारणबारे अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १५:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update