Harsamaya
राजावादीहरू विमानस्थल बाहिर भेला, सुरक्षा व्यवस्था कडा
त्रिभुवन विमानस्थल बाहिर राजावादीहरू ।

काठमाडौं - पूर्वराजा ज्ञानेनद्र शाहको स्वागतका लागि त्रिभुवन विमानस्थल बाहिर राजावादीहरू पुग्ने क्रम शुरु भएको छ । विमानस्थलको छिर्ने मूल सडक बाहिर भेला भएका राजावादीहरूले नाराबाजी शुरु गरेका छन् ।

पूर्वराजा ज्ञानेन्द्रलाई काठमाडौंमा स्वागत गर्दै त्रिभुवन विमानस्थलबाट निर्मल निवाससम्म लैजाने कार्यक्रम अन्तर्गत राप्रपाका कार्यकर्ता र अन्य राजावादी अभियानमा जोडिएका राजवादीहरू विमानस्थल बाहिर भेला भएका हुन् ।

पुर्वराजा ज्ञानेन्द्रलाई स्वागत गर्न राप्रपा अध्यक्ष राजेन्द्र लिङदेन पनि विमानस्थल जाने भएका छन् । त्यस्तै राजवादी दल राप्रपा, राप्रपा नेपाललगायतका राजावादी दल, संघ-संस्थाहरुले नागरिकहरूलाई स्वागतमा भेला हुन आव्हान गरेका छन् ।

सुरक्षालाई ध्यानमा राख्दै प्रशासनले आज विमानस्थलमा टिकट बाहक र कर्मचारी बाहेक अन्यलाई प्रदेश रोक लगाएको छ । सम्भावित सुरक्षा जोखिमलाई ध्यान दिदै विमानस्थल परिसरमा ठूलो संख्यामा सुरक्षाकर्मीहरू तैनाथ गरिएको छ ।

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update