Harsamaya
टेकुको ढलमा फसेका व्यक्तिको उद्धार
ढलभित्र फसेका व्यक्तिको उद्धार गर्दै प्रहरी ।

काठमाडौं - काठमाडौं महानगरपालिका–२ टेकुस्थित ढलभित्र फसेका एक व्यक्तिको प्रहरीले उद्धार गरेको छ ।

टेकुस्थित कनक पेट्रोल पम्प नजिकको ढलभित्र छिरेका पुरुषलाई विपद् व्यवस्थापन महाशाखा सामाखुसीको टोलीले उद्धार गरेको हो ।

उद्धार गरिएका व्यक्तिको परिचय खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ ।
 

प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१  १४:११
प्रतिक्रिया दिनुहोस्
Weather Update