काबेली - ३ को उत्पादन चैत पहिलो सातादेखि

ताप्लेजुङ - २१.९३ मेगावाट वरिष्ठ इन्जिनियर क्षमताको काबेली-३ जलविद्युत् परियोजनाको उत्पादन चैत पहिलो साताभित्रै सुरु हुने भएको छ । सिरिजंघा गाउँपालिकामा उत्पादन गर्न लागिएको परियोजना निर्माणको काम अन्तिम चरणमा पुगेको आयोजनाले जनाएको छ ।
भौतिक संरचना निर्माणको काम सकिइसकेको आयोजनाका जनसम्पर्क अधिकृत मेघनाथ ढुंगानाले बताए । 'निर्माणको काम अन्तिम चरणमा पुगेको छ, आउँदो चैत पहिलो सातासम्म विद्युत् सुरु गर्ने तयारीमा छौं ।' यसको निर्माण काबेली हाइड्रोपावर कम्पनीले गर्दै आएको छ । चैत मसान्तभित्र सम्पन्न गर्ने गरी २०७९ माघदेखि काम सुरु भएको थियो ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ ०८:५९
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय