-1736338790.png)
काठमाडौं - वैदेशिक रोजगारीको क्रममा इराक पुगेका चार नेपालीको मृत्यु भएको छ । मृत्यु हुनेमा गोरखा जिल्ला बारपाकसुलिकोट २ का निकेश गुरुङ, तेह्रथुम जिल्लाका टंकबहादुर फुम्बो, सिन्धुपाल्चोक जिल्लाका सञ्चमाई तामाङ र धादिङका भुवन गुरुङ छन् ।
इराक राजधानी कुर्दिस्तान र सुलेमानिया सहरमा मृत्यु भएको हो भने मृत्यु हुनुको कारण सडक दुर्घटना, हृदयघात र आत्महत्या रहेको छ । एनआरएनइराकका अध्यक्ष विनोद श्रेष्ठका अनुसार मृतक नेपालीको शव तत्काल नेपाल पठाउनका लागि सम्बन्धित निकायमा खबर गरिएको बताए ।
पछिल्लो समयमा अवैधानिक रूपमा इराक पुगेका नेपालीहरूको मृत्यु हुने संख्या बढ्दो रहेको र दूतावास नरहेको अवस्थामा नेपाल शव पठाउन कठिन रहेको बताए। सरकारले इराक जानका लागि प्रतिबन्ध लगाए पनि गैरकानुनी बाटोबाट इराक जाने कामदारको संख्या यकिन नभएको अवस्थामा पर्दा नेपालीहरू समस्यामा एनआरएनले सहयोग गर्दै आएको छ ।
२०६१ भदौ ११ गते सुन्नी अतिवादी संगठन इस्लाम अल सुन्ना समूहले १२ नेपालीको बीभत्स हत्या गरेको थियो र त्यसपश्चात् नेपाल सरकारले इराक जानको लागि प्रतिबन्ध लगाएको थियो ।पछिल्लो समय धेरै कमाई हुने, प्रभोलनमा विशेष गरी घरेलु कामदारको रूपमा गैरकानुनी रूपमा भारत हुँदै दुबईबाट इराकको कुर्दिस्तान, सुलेमानिया, बगदाद सहरमा घरेलु कामदारका लागिनेपाली महिलाहरू पुग्ने गरेका छन् । यसका लागि एजेन्टहरूले करिब ३ हजारदेखि ७ हजार अमेरिकन डलरमा बेचबिखन गरी महिला कामदारलाई घरेलु काममा लगाउँदै आएको पाइन्छ ।