कोशी, बागमती र गण्डकीमा वर्षा र हिमपात

काठमाडौं - आज पनि पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव कायमै रहेको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ ।
आगामी २४ घण्टामा कोशी, बागमती र गण्डकी प्रदेशका पहाडी भू-भागमा आंशिकदेखि साधरणतया बदली रहनेछ भने बाँकी भू-भागमा आंशिक बदलीदेखि मौसम सफा रहनेछ ।
कोशी, बागमती र गण्डकीका उच्च पहाडी तथा हिमाली भू-भागका एक-दुई स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ महाशाखाले जनाएको छ ।
प्रकाशित मिति: आइतबार, फागुन २५, २०८१ ०७:३४
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय