
काठमाडौं - काठमाडौं महानगरपालिका वडा–५ हाँडीगाउँमा हरेक शनिबार मेला लाग्ने गर्छ । सवारी साधननै रोकेर लाग्ने मेलामा मानिसको भिड लाग्ने गर्छ । जहाँ सवारीसाधनलाई प्रवेश निषेध गरिएको छ ।
सहरी वातावरण सुधारका लागि सवारी साधनबाट उत्सर्जन हुने प्रदुषक तत्वमा कमी ल्याउन झन्डै एक वर्ष देखि प्रत्येक शनिवार हाँडीगाउँमा गाडीरहित दिन (कार फ्री डे) मनाइँदै आइएको छ । मेलामा विभिन्न परिकारहरू, सांस्कृतिक, इको प्रदर्शनी, खेलकुद लगायतका कार्यक्रमहरू हुने गर्छ ।
हाँडीगाउँलाई पूर्व लिच्छवि, बर्मा तथा लिच्छवि कालको संस्कृति र सम्पदाको लागि सर्वाधिक प्राचीन स्थानको रूपमा लिइन्छ । यहाँ भएका सत्यनारायण परिसरमा प्राचीन बस्ती र पूर्व लिच्छवि कालका मन्दिरहरू भएको प्रमाण पाइन्छ । इसापूर्व दोश्रो शताब्दीका पुरातात्विक अवशेष र अन्य सम्पदा भवनहरूको जग यसै क्षेत्रमा मात्र छन् ।