Harsamaya
टाउकोमा गम्भीर चोट लागेको बैतडीका युवक मलेसियामा बेपत्ता
सांकेतिक तस्वीर: हर समय/Har Samaya

बैतडी - बैतडीका एक युवक मलेसियामा बेपत्ता भएका छन् । रोजगारीका लागि त्यहाँ रहेका मेलौली नगरपालिका-८ कोटिगाउँका २८ वर्षीया मिनसिंह ठगुन्ना बेपत्ता भएका हुन् ।  

मलेसियाको रमाटेक्स कम्पनीमा कार्यरत ठगुन्ना फागुन १३ गतेदेखि सम्पर्कविहीन भएका बुवा बहादुरसिंह ठगुन्नाले जानकारी दिए। १२ गते रात्रिसम्म फोन सम्पर्क भएको र १३ गतेदेखि सम्पर्क हुन नसकेको उनले बताए ।

ढगुन्ना १० वर्षअघि रोजगारीका लागि मलेसिया गएका थिए । काम गर्ने क्रममा टाउकोमा गम्भीर चोट लागेको थियो । त्यसको चार/पाँच दिनपछि छोरो सम्पर्कविहीन भएको बुबा बहादुरसिंहले बताए ।

टाउकोमा चोट लागेपछि मानसिक अवस्था कमजोर भएका ठगुन्ना एक्कासी कोठाबाट भागेको उनसँगै कोठामा बस्दै आएका अर्का नेपालीले आफूलाई जानकारी गराएको उनले बताए । 

प्रकाशित मिति: शनिबार, फागुन २४, २०८१  २१:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update